कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु , २ हजार ३ सय संक्रमित

Share This
  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु , २ हजार ३ सय संक्रमित

नेपालमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको सख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दोलखाका ७६ वर्षिय पुरुषको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्य भएपछि मृतकको संख्या ९ पुगेको बताउनु भयो ।

प्रवक्ता देवकोटाको अनुसार मृतक व्यक्ति यही जेष्ठ १३ गते मष्तिस्क घात भई काठमाडौ मेडिकल कलेजमा भर्ना हुनुभएकोमा जेष्ठ १५ गते स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि थप उपचारका लागि त्रि वि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

यसैगरी आज थप २ सय १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ७९ जना पुरुष र २२ जना महिला गरी जम्मा २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।