सुर्योदय नगरपालिकाको करफोक होल्डीङ सेन्टर सिल

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सुर्योदय नगरपालिकाको करफोक होल्डीङ सेन्टर सिल

इलाम , जेठ २७

इलाम जिल्लामा मंगलबार पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । भारतको चेन्नाईबाट आएका सूर्योदय नगरपालिकाका २६ बर्षिय युवामा संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर विधीबाट गरिएको परीक्षणमा कोभिड १९ पुष्टि भएको हो । कोरोना पुष्टि भएका ती युवा भारतको चेन्नइबाट झापाको काकडभिट्टा हुँदै जेठ १८ गते नेपाल प्रबेश गरेका थिए । उनलाई सूर्योदय नगरपालिका स्थित करफोक माविको होल्डीङ सेन्टरमा राखिएको थियो । युवामा कोरोना संक्रमण देखिए पछि अहिले उक्त होल्डीङ सेन्टर सिल गरिएको सुर्योदय नगरपालिकाले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । करफोक होल्डीङ सेन्टरमा रहेका भारत लगायत अन्य स्थानबाट आएकाहरुलाई मंगलबार नैै नगरको ७ नम्बर वडामा रहेको कृष्णाआश्रम माविको होल्डीङ सेन्टरमा सारिएको छ ।