इलाममा थप २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १३ पुग्यो

Share This
  •  
  • 254
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    254
    Shares
इलाममा थप २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १३ पुग्यो

इलाम असार २४
इलाममा २ जना कोरोना संक्रमित थपिए सगै जिल्लामा संक्रमितको संख्या १३ पुगेको छ । इलाम नगरपालिका ८ का २५ वर्षका पुरुष र सन्दकपुर गाउँपालिका ५ का ३५ वर्षिय पुरुषमा संक्रमण भएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताउनु भयो । उनीहरु विदेशबाट आएर इलाम स्थित क्वारेन्टिनमा बसेका थिए । इलाम नगरपालिका ८ का पुरुष गएको १५ गते साउदी बाट नेपाल आएका थिए ।
सन्दकपुर गाउँपालिका ५ का पुरुष मलेसियाबाट १६ गते नेपाल आएका थिए । कोसी अस्पतालमा गरिएको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षणमा कोरोना पुष्टि भएको बरालले बताउनु भयो । संक्रमित दुवैजनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लगिएको छ ।
यसअघि सूर्याेदय नगरपालिकाका ९ जना , माई र देउमाई नगरपालिकाका ाइएका १÷१ जनामा कोरोना संक्रमण भएको थियो ।इलामा हालसम्म संस्थागत क्वारेन्टिनमा बस्दै आएकामा संक्रमण देखिएको छ । सबैजना भारत लगायत अन्य मुलक बाट नेपाल आएका थिए । २ जना उपचारपछि घर फर्किसकेका छन ।