पछिल्लो समय इलाममा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रती दिन बढ्दै गए पछि इलाममा सतर्कता अपनाउन थालिएको छ । सोही अनुसार मानिसको भिड्भाड बढी हुने कार्यलय बाट सेवा समेत अनिश्चित समयको लागि रोकिएको छ । सोमबार देखि मालपोत कार्यलय इलामबाट प्रबाह हुँदै आएको बाहिरी सेवा बन्द गर्ने सुचना जारी गरेको छ ।
कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी )ले को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय गरे अनुसार सेवा बन्द गर्ने जनाइएको छ । यस कार्यलय बाट सार्वजनिक सेवा संचालन गर्दा संक्रमणको जोखिम हुने भएकोले सेवा बन्द गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि गणको आसपासमा रहेको मालपोत कार्यालय बन्द हुने भएको हो ।
प्रतिक्रिया