इलामः राष्ट्रिय कृषक समूह महासंघ नेपालले न्यूनतम समर्थन मुल्य तोकेको धानको मुल्य किसानले नपाएको जनाएको छ । महासंघले धान बालीमा सरकारले तोकेको न्युनतम समर्थन मुल्य कार्यान्वायन नभएको भन्दै समर्थन मुल्य तोकिएका बालीको सरकारी घोषणा कार्यान्वायन गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष नवराज बस्नेतले जारी गरेको विज्ञप्तिमा उत्पादनमा किसानलाई प्रोत्साहित गर्न सरकारले धान वाली लगाउनु अघिनै गत असार २ मा मोटा धानको प्रति किलो २७ रुपयाँ ३५ पैसा र मसिनो धानको २८ रुपयाँ ८५ रुपयाँ समर्थन मूल्य तोकेपनि अहिले प्रति किलो २२ रुपयाँमा कारोबार भइरहेको उल्लेख गरेको छ ।
महासंघले भनेको छ ‘धान कुटानी गर्ने मिलवाला ब्यापारीले प्रति के.जी २२ का दरले धान खरिद गर्ने गरेका छन् । उक्त मूल्यमा धान नबेच्ने हो भने सो मूल्य भन्दापनि सस्तोमा सिमा वाहिरबाट धान खरिद गरी आयात गर्ने गरेकोले त्यतिमूल्य समेत नपाईने डर किसानलाई छ ।’ घोषणा गरेको धानको समर्थन मूल्य किसानले प्राप्त गर्न नसकेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले भनेको छ ‘किसानलाई न्यूनतम बचत हुने अवस्था श्रृजना गरी किसानका उत्पादनलाई सरकारले खरिद गरिदिने अवस्थाको ग्यारेन्टी नगरेसम्म समर्थन मूल्य तोकिएका बालीहरुको समेत बिक्रीको सुनिश्चितता देखिएन । यसर्थ सरकारद्धारा तोकिएको समर्थन मुल्यमा नेपालमा उत्पादित धान बिक्री वितरण हुने ग्यारेन्टी गर्न गराउननेपाल सरकारसंग राष्ट्रिय कृषक समूहमहासंघ नेपाल जोडदार मागगर्दछ ।’
प्रतिक्रिया