सामाजिक मनोपरामर्श तालिम सुरु

समाजमा भएका मानसिक रोग, आत्महत्या न्यूनिकरण लगयतलाई नियन्त्रण गर्ने उद्येश्यका साथ बुधबारबाट पाँचदिने सामाजिक मनोपरामर्श तालिम सुरु भएको छ । प्रबिधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाट यो तालिम सुरु भएको हो ।

तालिममा इलाम, बारा र पर्साका प्रतिनिधिले आ आफनै जिल्लाबाट सहभागिता जनाएका छन् । जागृति नेपालको साझेदारी संस्था एक्सन एकाडेमी पिस रिसर्च एण्ड डेभलपमन्ट काठमाडौंले आयोजना गरेको यस तालिममा इलामबाट प्रहरी, स्वास्थ्य स्वंसेवीकाका साथै जागृति नेपाल इलामको कार्यक्षेत्र रहेको इलामनगरपालिका ५ नम्बर वडा र ४ नम्बर वडाका केही भागका सामाजिक अगुवा तथा स्थानीय शान्ति युवा समूह बरबोटेका प्रतिनिधिहरुको सहभागिता रहेको जागृति नेपाल इलामका सचिब गोपाल पौडयालले जानकारी दिनुभयो ।