logo
  • २०८३ भाद्र २९, सोमबार | Mon, 14 Sep 2026
  • सामाजिक मनोपरामर्श तालिम सुरु

    सामाजिक मनोपरामर्श तालिम सुरु

    समाजमा भएका मानसिक रोग, आत्महत्या न्यूनिकरण लगयतलाई नियन्त्रण गर्ने उद्येश्यका साथ बुधबारबाट पाँचदिने सामाजिक मनोपरामर्श तालिम सुरु भएको छ । प्रबिधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाट यो तालिम सुरु भएको हो ।

    तालिममा इलाम, बारा र पर्साका प्रतिनिधिले आ आफनै जिल्लाबाट सहभागिता जनाएका छन् । जागृति नेपालको साझेदारी संस्था एक्सन एकाडेमी पिस रिसर्च एण्ड डेभलपमन्ट काठमाडौंले आयोजना गरेको यस तालिममा इलामबाट प्रहरी, स्वास्थ्य स्वंसेवीकाका साथै जागृति नेपाल इलामको कार्यक्षेत्र रहेको इलामनगरपालिका ५ नम्बर वडा र ४ नम्बर वडाका केही भागका सामाजिक अगुवा तथा स्थानीय शान्ति युवा समूह बरबोटेका प्रतिनिधिहरुको सहभागिता रहेको जागृति नेपाल इलामका सचिब गोपाल पौडयालले जानकारी दिनुभयो ।



    निगरानी संवाददाता    
  • २०७७ आश्विन २८, बुधबार ११:१३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP