इलामः नेपाली काङग्रेसले देशभर गरेको सरकार विरोधी प्रर्दशनका क्रममा इलाम आएका काङ्ग्रेस नेता रामहरी खतिवडाले सरकार भ्रष्टाचारमा भुलिएकाले काङ्ग्रेस खबरदारीका लागि सडकमा आएको बताए ।
सरदरमुकाममा आयोजीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले सरकारले भ्रष्ट्रहरुको संरक्षणमा आफ्नो ६० प्रतिशत समय खर्चेको दावी गरे ।
कार्यक्रम अघिगाउँगाउँबाट आएका काङ्ग्रेस कार्यकर्ताले सरकार विरोधी चर्का नारा लगाउँदै नगरको परिक्रमा गरेका थिए ।
नेपाली काङ्ग्रेस इलामकी उपसभापति शान्तिकला राईको सभापतित्वमा भएको कार्यक्रममा नेता केशब थापा, भेषराज आचार्य, विष्णु दहाल, डम्बर खड्का, केदार थापा, विष्णु कार्की, बन्दन अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया