logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • प्रधानको नेतृत्वमा महिला संघ समायोजन

    प्रधानको नेतृत्वमा महिला संघ समायोजन

    फिक्कल : नेपाली काङ्ग्रेसको भगिनी संगठन नेपाल महिला संघको सूर्योदय नगर कार्यसमिति हेममाया प्रधान (रामु)को अध्यक्षतामा समायोजन गरिएको छ ।
    नयाँ स्थानीय तहको पुर्नसंरचना भएपनि संघको नेतृत्व समायोजन हुन सकेको थिएन । जिल्ला कार्यसमितिको आयोजनामा जिल्ला भरीका स्थानीय तहको संघ समायोजन गर्ने क्रममा शुक्रबार सूर्योदयको समायोजन सम्पन्न गरेको संघकी जिल्ला अध्यक्ष निर्मला सञ्जेलले जानकारी दिइन् ।
    समायोजन पछि सूर्योदयमा ७२ सदस्य समिति बनेको अध्यक्ष प्रधानले जानकारी दिइन् । प्रधानले अब नयाँ योजना सहित वडा समिति समेतलाई सकृय बनाएर अघि बढ्ने जानकारी दिइन् ।
    संघकी जिल्ला अध्यक्ष सञ्जेलको सभापतित्वमा भएको समायोजन कार्यक्रममा नेपाली काग्रेसका सभापति हिमालय कर्माचार्य, केन्द्रिय प्रतिनिधि भगवती पौड्याल, केन्द्रिय सदस्य चन्दा कार्की, क्षेत्रीय सभापति दुर्गा बराल लगायतले मन्तव्य राखेका थिए ।



    निगरानी    
  • २०७७ चैत्र ६, शुक्रबार १४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP