इलाममा कोरोना संक्रमित दुईजनाको मृत्यु , १७ जना संक्रमित

Share This
  •  
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares
इलाममा कोरोना संक्रमित दुईजनाको मृत्यु , १७ जना संक्रमित


इलाम ,बैशाख २१

इलाममा मंगलबार कोरोना भाइरसको संक्रमणको कारण दुईजनाको मृत्यु भएको छ भने थप १७ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिकाका एक पुरुष र एक महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । आज थपिएका संक्रमित इलाम नगरपालिका भित्रका १६ जना र माइजोगमाई गाउँपालिकाका एक जना रहेका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिनु भएको छ । कोरोना संक्रमणको लहर सुरुभएपछि हालसम्म इलाममा चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७१ पुगेको छ ।