इलाममा लागु औषध सहित चारजना पक्राउ

इलाममा लागु औषध सहित चारजना  पक्राउ


इलाम जेठ ३१ ।

लागु औषध सहित ४ जना प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीले हिजो साँझ माई नगरपालिका ४ शंकर गाउँबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । झापाको विर्तामोडबाट इलामको माइनगरपालिका सितली वजार छिर्ने बाटोमा मोटरसाइकलमा आउदै गरेका चार जनालाई प्रहरीले चेकजाँच गर्दा ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ ) सहित पक्राउ गरेको हो । उनीहरुबाट करीब ५ ग्राम ब्राउन सुगर सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ८ बस्ने बर्ष–२८का महेश थापा, वर्ष–३० का कुविरसिंह तामाङ, माई नगरपालिका १ बस्ने वर्ष–२२ का रुपेश कुमार खत्री र माई नगरपालिका ३ बस्ने वर्ष–२३ का सुदिप कुमार दनुवार रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
उनीहरुले प्रयोगरेको प्रदेश नं १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नं. को मोटर साईकल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यलयमा ल्याई थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।