ईलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर दोस्रो वर्षमा प्रवेश ,स्तरोन्नती र सेवा विस्तार प्राथमितामा

ईलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर दोस्रो वर्षमा प्रवेश ,स्तरोन्नती र सेवा विस्तार प्राथमितामा


इलाम , भाद्र ९ ।

इलाममा संचालित ईलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । इलाम नगरपालिका ६ सिङफ्रिङमा संचालनमा रहेको सेन्टर विषेशज्ञ डाक्टरहरुकोे सेवा सहित संचालनमा रहेको अस्पतालले एक वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो । कोरोना महामारीका बीच पनि सेवालाई निरन्तरता दिई सेवा विस्तार गरी रहेको कार्यकारी निर्देशक प्रकाश चापागाईले जानकारी दिनु भयो । एक वर्षको सफलता र उपलब्धीलाई नियाल्दै सेवा विस्तार अबको वर्ष प्राथमिकतामा रहेको चापागाईले बताउनु भयो । अस्पतालले वार्षिक उत्सवकै अवसर पारेर हाई डिपेन्डेन्सी युनिट (एचडियु) सेवा सुरु गरेको जनाएको छ । १५ सैयाको अस्पताललाई ६ महिना भित्रमा २५ वेड वनाउने , दोस्रो ६ महिनामा अस्पतालको स्तरोन्नती गर्दै ५० सैया पुर्याउने लक्ष्य लिएको अस्पताल प्रशासनले जनाएको छ । सिमित कोटामा अध्ययन, अध्यापन गर्न गराउन सक्ने गरी कलेज स्थापनाको लक्ष्य लिएको जनाईृएको छ । चाडै नै इन्टेन्सिभ केयर युनिट (आइआइसियु ) सेवा संचालन गरिने भएको छ ।

मासिक रुपमा छाला , नाक कान घाटी , मनोरोग लगायतका विशेषज्ञ डाक्टरको सेवा दिदै आएको छ । आगामी दिनमा बालरोग विशेषज्ञको सेवा संचालन गर्ने जनाइएको छ । कोभिड १९ महामारीका कारण मासिक रुपमा उपलब्ध गराउदै आएको सेवा अबरुद्ध भए पनि महामारी नियन्त्रण आएर अवस्था सामान्य बनेपछि सेवा नियमित गर्ने जनाइएको छ ।
अस्पतालमा दैनिक रुपमा नशा तथा हाडजोर्नी विशेषज्ञ डाक्टर अनुभव रिजाल , फिजिसियन डाक्टर विरेन्द्र चौधरी , फर्माकोलोजिस्ट डाक्टर विवेक अधिकारीले सेवा दिई रहेको अस्पतालले जनाएको छ ।
सेन्टरले वार्षिक उत्सवको अवसरमा एकजना उत्कृष्ट कर्मचारी सुजाता भट्टराईलाई सम्मान गरेको छ भने वरिष्ठ चिकित्सकहरूलाई सम्मान गरेको जनाएको छ । सेवा छाडेका कर्मचारीलाई सम्मान सहित विदाई गरेको छ ।