पत्नी र छोरीको हत्या

पत्नी र छोरीको हत्या

इलामः केहि समय अघि देखि आफूमा देउता आएको भन्दै अस्वभाविक व्यवहार गर्दै आएका इलामको देउमाई नगरपालिका ५ का ३४ बर्षिय कमल भनिने पूर्णचन्द्र तामाङले मंगलबार विहान पत्नी र छोरीको हत्या गरेका छन् ।
३५ बर्षीय पत्नी सिता तामाङ र १५ बर्षीय छोरी दीक्षा तामाङको टोकेर हत्या गरेको प्रहरीले जनाएको छ ।
आफु धामी भएको भन्दै चिन्ता बस्ने क्रममा टोकेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
घटनाबारे प्रहरीले मंगलबार विहान मात्रै जानकारी पाएको थियो । कमललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
‘विहान चार बजे तिर हामी पुग्दा घर भित्र श्रीमती, छोरी र कुकुरको सव थियो ।’ छिमेकी सिव कार्कीले सुनाए । स्थानीयका अनुसार मृतकको जिउमा टोकेका दागहरु रहेका छन् । तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । तामाङका माईली छोरी दिवाना ८ बर्षकी छन् भने कान्छी छोरी दिप्सना साढे ३ बर्षकी छन् ।