‘नेतृत्वमा महिला खोज्दै’ महिला संघ

‘नेतृत्वमा महिला खोज्दै’ महिला संघ


फिक्कल: सबै स्थानमा महिलाको उल्लेख्य उपस्थितीका लागि उपाय खोज्ने उदेश्य सहित नेपाल महिला संघ सूर्योदय नगरपालिकाले फिक्कलमा आयोजना गरेको कार्यक्रममा सहभागिको एक मत थियो ‘क्षमता भएका महिलालाई साथ दिउँ, माथी उठाउँ ।’
नेतृत्वमा महिला विषयक छलफल तथा शूभकामना आदानप्रदान कार्यक्रममा सहभागि ५६ महिलाहरुले नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनका क्रममा पनि महिलाहरुले उल्लेख्य पदहरुमा दावी गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा कतिपय नेत्रीहरुले कांग्रेसको प्रदेश, क्षेत्र, जिल्ला तहमा नेतृत्वको लागि दावी गर्ने बताएका थिए । कतिपयले महाधिवेशन प्रतिनिधिमा दावी गर्ने बताएका थिए ।
नेतृत्वका लागि महिलाहरु गुट, उपगुटमा लाग्नु गलत हुने समेत सहभागिको सुझाव थियो । उनिहरुले पार्टी गुटको चंगुलमा परेकाले सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन एक ढिक्का भएर लाग्नु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा संघकी नगर सभापति हेममाया (रामु) प्रधानले सभापतिको आसनबाट बोल्दै नेपाली कांग्रेसको अव हुने प्रदेश, क्षेत्र, जिल्ला लगायतका स्थानमा महिलाहरुको सहभागिताका लागि महिलाहरुलाई प्रेरित गर्न र हरेक तहमा महिलाको उपस्थिती निश्चित गर्न कार्यक्रम आयोजना गरेको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसको अधिवेशनमा महिलाहरुले जुनसुकै तहमा उम्मेदारी दिएपनि विजयी गराउन एक ढिक्का भएर लाग्ने संकल्प प्रस्ताव पारित गरेको सभापति प्रधानले बताइन् ।
कार्यक्रममा नेपाल महिला संघ क्षेत्र न १ कि सभापति बन्दना अधिकारी, नेपाली कांग्रेस सूर्योदय नगर कार्यसमितिकीउप सभापति निर्मला अग्रवाल लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रम संघकी सचिव रोजी लाप्चाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा संघकी नगर उपाध्यक्ष सारदा अधिकारीले स्वागत गरेकी थिइन् ।