नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्ठि

नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्ठि

काठमाडौ , मङ्सिर २० । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनु भयो । दुई जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे अधिकारीले बताउनु भएको छ । संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनकाे सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएकाे हाे । उनीहरू दुवै जना विदेशी नागरिक हुन् । 
उनीहरूकाे सम्पर्कमा रहेका अन्य ६६ जनाकाे रिपाेर्ट भने नेगेटिभ आएकाे अधिकारीले जानकारी बताउनु भएको छ ।
हालसम्म ३५ देशमा काेराेना भाइरसकाे ओमिक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ ।