पर्यावरणीय कृषिमा संवाद

पर्यावरणीय कृषिमा संवाद

सूर्योदयः इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा पर्यावरणीय कृषि उत्पादन अभ्यास सम्बन्धी समुदाय स्तरको सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
एक्सन एडको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघले आयोजना गरेको कार्यक्रमका सहभागिले कृषिमा प्रयोग भइरहेको रासयनीक पदार्थको प्रयोगले जमिन, हावा र पानी प्रदुसीत भएको भन्दै पर्यावरणीय कृषि उत्पादन अभ्यास शुरु गर्नुपर्ने बताए ।
महासंघको सूर्योदय नगरपालिका अध्यक्ष डम्बर प्रधानको सभापतित्वमा भएको कार्यक्रममा अर्गानीक खेतीका अभियन्ता सोनाम योल्मो, नागरिक चासो अभियानका रमेश राई, कृषि उद्यमी अरुण चन्द्र थापा, पर्माकल्चर प्रविधिबाट खेती गरिरहेका सन्त तामाङ, संघका सूर्योदय नगर सचिव बालकुमार भण्डारी लगायतले पर्यावरण बचाउनका लागि पनि पर्यावरणीय कृषि उत्पादन अभ्यास जरुरी रहेको बताए ।
संघका जिल्ला अध्यक्ष विष्णु दुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाको कृषि शाखाकी प्रतिनिधि कृषि प्राविधिक चन्द्र कुमारी राईले अहिले पनि नगर क्षेत्रमा विषादीको प्रयोग उच्च रहेको बताईन् । उनले विषादी नियन्त्रण गरेर पर्यावरणिय कृषि उत्पादन बढाउन सके कृषिको दिगो विकासमा सहयोग पुग्ने बताइन् ।
एक्सन ऐड इन्टरनेश्नल नेपालले राष्ट्रिय तथा स्थानीय सरकारको नीति तथा पैरवी मार्फत पर्यावरणीय कृषिको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । विद्यमान खेती प्रणालीलाई थप दिगो खेती, विशेषगरी अर्गानिक र वातावरण मैत्री कृषि खेतीतर्फ रूपान्तरण गर्न साना किसानहरूसँग मिलेर काम गरिरहेको छ ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एक्सन एड इन्टरनेशनल नेपालको पर्यावरणीय कृषिमा भएका नीति, बजेट र कार्यान्वयनको अवस्था विश्लेषण, समूदाय तहमा परामर्श, र राष्ट्रिय स्तरमा नीतिगत संवादलाई अगाडी बढाउन गइरहेको छ ।सामुदाय तहमा परामर्श गरी कथा सङ्कलन गर्नका लागि सातै प्रदेशका ४८ वटा पालिकामा सञ्चालन भइरहेको कार्यक्रम अन्तरगत इलामको सूर्योदय नगरपालिकामा पनि संवाद कार्यक्रम सम्पन्न भएको अध्यक्ष दुलालले बताए ।