पशुपतिनगर नाका मङ्गलवार मध्यरातदेखि बन्द हुँदै

पशुपतिनगर नाका मङ्गलवार मध्यरातदेखि बन्द हुँदै

सविता पाण्डे , इलाम । आसन्न स्थानीय तह निर्वाचनको लागि मङ्गलवार मध्यरातदेखि इलामको पशुपतिनगर नाका बन्द हुने भएको छ । आज राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताउनु भएको छ । 

निर्वाचनलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ ।  निर्वाचन केन्द्रित सुरक्षाको लागि स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ तयार भई लागु भएको छ । मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाको भनार्ई छ । 

इलाममा निर्वाचनलाई  शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै आजदेखि इलाममा  मादक पदार्थ निषेध गर्न सूचना जारी गरिएको छ ।  निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

रेडियो नेपाल अनलाईन बाट