इलाम नगरपालिकामा ३० वर्ष पछि फर्कियो कांग्रेसको विरासत

इलाम नगरपालिकामा ३० वर्ष पछि फर्कियो कांग्रेसको विरासत


इलाम , जेठ ४

देशकै पुरानो नगरपालिका मध्येको एक इलाम नगरपालिकामा नेपाली कांग्रेसले ३० वर्ष पछि विरासत फिर्ता लिएको छ । नेपाली कांग्रेसका नेता केदार थापा इलाम नगर प्रमुखमा निर्वाचित हुनु भए सँगै कांगेसले इतिहास पल्टाएको छ ।
पञ्चायतकालीन समय २०४३ सालमा , २०४९ सालमा कांग्रेसको नेतृत्वमा रहेको इलाम नगरपालिका २०५४ मा आइपुग्दा नेकपा एमालेले नेतृत्व लिएको थियो । २०७४ सालमा नेकपा एमाले र कांग्रेस बीच नै कडा प्रतिस्पर्धा भयो र एमालेले नेतृत्व जमाएको थियो । २०७९ सालमा फेरी कांगेसले फराकिलो मतान्तर बनाउदै इलाम नगरपालिको नेतृत्व सम्माल्ने जिम्मेवारी पाएको छ ।
थापाले मेयरमा १३ हजार १६५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याउनुभयो ।
उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले १३ हजार ५४२ मत प्राप्त गरेर निर्बाचित बन्नुभएको छ । निकटम प्रतिद्धन्दी एमाले बाट उम्द्धवारी दिनु भएकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याउनुभएको छ ।
१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ । प तीन दशक पछि इलाम नगरपालिकामा कांग्रेसले विरासत फर्काएको छ ।