logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • किर्ते गरि नागरिकता लिएका राई २२ बर्ष पछि इलाममा पक्राउ

    किर्ते गरि नागरिकता लिएका राई २२ बर्ष पछि इलाममा पक्राउ

    इलाम : किर्ते गरि नागरीकता लिएकालाई २२ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । झुटा बिवरण पेश गरी नागरीकता लिएका आरोपित रामचन्द्र भन्ने शिब प्रसाद राईलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । 
    २०५७ पुस १३ गते झुटा बिवरण पेश गरी नागरीकता लिएका माङसेबुङ गाउँपालिका २ ईभाङ बस्ने ५९ बर्षिय राईलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार फरार अभियुक्तहरुलाई खोततलास गर्ने क्रममा किर्ते मुद्दाका फरार अभियुक्त राइलाई पक्राउ गरिएको हो ।
      प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ । अन्य फरार अभियुक्तहरुको खोजी कार्यलाई समेत तिब्रता दिएको जनाएको छ ।
     



    Avatar निगरानी संवाददाता    
  • २०७९ श्रावण २५, बुधबार १६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP