प्रदेशका लागि क्षेत्रीय सभापति शमशेर, प्रदेश सभापति निश्कल सहित ६ जनाको नाम सिफारीस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रदेशका लागि क्षेत्रीय सभापति शमशेर, प्रदेश सभापति निश्कल सहित ६ जनाको नाम सिफारीस

इलाम । नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले प्रदेश सभा निर्वाचनका लागि ६ जनाको नाम सिफारीस गरेको छ । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि आफ्नो प्रदेश सभा निर्वाचन क्षेत्रबाट ६ जनाको नाम सिफारीस गरिएको प्रदेश ‘ख’ सभापति निश्कल राईले जानकारी दिए ।

भदौं ९ गतेको केन्द्रीय परिपत्र अनुसार समितिको मंगलबार बैठक बसेको थियो । बैठकले क्षेत्र नम्बर १ सभापति शमशेर राई तथा प्रदेश ‘ख’ सभापति निश्कल राईको नाम सिफारी गरेको हो । यस्तै निवर्तमान जिल्ला कोषाध्यक्ष विष्णु कार्की, नगर सभापति जीवन नेपाल, नेताहरू भिष्म प्रधान, ध्रुव राई र सन्तोष गुरुङलाई पनि सिफारीस गरेको छ । उनीहरू प्रत्यक्ष तर्फ सिफारीस भएका हुन् ।

“आज हामीले बैठक बसेर कार्यपत्र अनुसार उमेदवार सिफारीस गरेका हौं,” सभापति राईले भने ।