ऐतिहासिक महत्वको तोप दुई दशक पछि इलाममा पुनःस्थापना (फोटो फिचर )

ऐतिहासिक महत्वको तोप दुई दशक पछि इलाममा पुनःस्थापना (फोटो फिचर )


सविता पाण्डे इलाम , असोज , १६

इलामको इतिहास सँग जोडिएको सैनिक तोप सदरमुकाम स्थित माईस्थान मन्दिर परिसरमा २० वर्ष पछि पुनःस्थापना गरिएको छ । नेपाली सेनाको ऐतिहासिक तोप फूलपातीको अवसर पारेर आइतबार एक कार्यक्रमका बीच २ वटा तोप पुनस्थापना गरिएको हो ।

इलाममा राखिएका तोप र निशान २०५९ सालमा अनयन्त्र लगिएको थियो ।

वि.सं. १८७२ फागुण २० मा भएको सुगौली सन्धिपछि मेची नदी सिमाना कायम भएपछि नेपाली सेना निशान सहित नागरी गढी खाली गरी करर्फोकको पूर्णेडाँडामा बस्यो । दुर्ई वर्ष पछि १८७५ मा नामसालिङ हुँदै इलाम नगरपालिकाको माइस्थानमा स्थापना भएको थियो । त्यही समय देखि निशान र तोप इलाममा रहेको थियो ।

निशान २०७४ असार २३ गते इलाम स्थित माईस्थान परिसरमा रहेको निशान घरमा पुनस्थापन गरिएको थियो ।तोप पुनःस्थापित गर्नुअघि भाँकी , बाजागाजा सहित नेपाली सेनाको ट्रकमा राखेर इलाम बजार परिक्रममा गराइएको थिया े।

यस अघि पुनस्थापित भएको निशान सहित तोप परिक्रमा गर्दा हजारौ इलामेली नागरिक सहभागी थिए ।



इतिहासकार युद्धप्रसाद वैद्यले नेपालको इतिहासमा पुर्वको प्रयास रहेको भन्दै इतिहासलाई जिवित बनाउन तोप पुनस्थापना महत्वपुर्ण रहेको बताउनु भयो । इतिहासलाई अब विकास सँग जोड्नु पर्ने बताउनु भयो । इलाम बासीको प्रयासले तोप पुनस्थापना गराउन सफल भएकोमा इलामेली खुशी भएको बताउनु भयो ।


नेपाली सेनाका सहायक रथी कृष्ण प्रसाद भण्डारीले हतियारको पुजा गरेर शान्तिको कामना गर्ने नेपालीको परमपरा रहेको बताउनु भयो । तोप पुनस्थापनले इलामलेली जनताको कला , संस्कृति परम्परा जर्गेना गर्न महत्वपुर्ण रहेको बताउनु भयो ।


युद्धकालिन जंगी निशान , ऐतिहासिक , पुरातात्विक महत्वको निशान र तोप अव इलामको पर्यटकीय हिसावले महत्वपुर्ण रहने इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनु भयो ।इलाममा तोप फर्काउन इलाम नगरपालिका वाड नम्बर ७ ले गत जेठ २५ गते वडाको बैठक बाट निर्णय गरी पत्रचार गरेको वडाअध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो । तोप पुनःस्थापनाका लागि मन्दिरको जिर्णोद्धारको काम नेपाली सेना, इलाम नगरपालिका वडा कार्यालय ७ र माइस्थान मन्दिर समितिले समन्वय गरेको थियो ।


सस्कृति परम्परा जर्गेना गने , नागरिक र सैनिकक बीच सुमधुर सम्बन्ध बनाउने विषय नेपाली सेनाको प्राथमिकता भएकोले प्रधान सेनापति इलाम आउनु हुदा इलाबासीले माग गरे अनुसार प्रधान सेनापतिबाट निर्देशन भएपछि तोप पुनस्थापनाको लागि पहल थालिएको इलाम स्थित रणसार्दुल गणका प्रमुख सेनानी सुनिल सुवेदीले बताउनु भएको छ । इलामबासीको चाहाना र सस्कृति संरक्षण नेपाली सेनाको प्राथमिकता भएकोले सोही अनुसार पुनस्थापना गर्न सफल भएको उहाँको भनाई छ ।