logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • इलाममा निर्वाचन सामाग्रीसहित कर्मचारी मतदान स्थलमा 

    इलाममा निर्वाचन सामाग्रीसहित कर्मचारी मतदान स्थलमा 

    इलाम  । इलामका मुख्य निर्वाचन अधिकृत दिपक कुमार दहालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि इलाम जिल्लामा मतदानमा खटिएका कर्मचारी कार्यक्षेत्रमा पठाइसकेको बताउनुभएको छ  ।

    जिल्लाको सबै मतदान स्थलमा आज साँझ सामाग्रीसहित निर्वाचन अधिकृतहरू पुगिसक्ने उहाँले बताउनुभयो । 

    इलामका टाढा रहेका मतदान केन्द्रमा हिजो नै कर्मचारी पठाइएको छ भने नजिकका मतदान स्थलमा आज पठाइएको हो । 

    निर्वाचनमा सियो, धागो, सुतली (डोरी) जस्ता  सामान्य सामाग्रीदेखि मतपत्र, मतपेटिकालगायत महत्त्वपूर्ण सामाग्री प्रयोग हुन्छ । 

    आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ  भने जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको छ । 

    जिल्लामा एकसय ५० वटा मतदान स्थल रहेको छ । २ सय  ८५  वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेको  छ । 

    निर्वाचनमा इलाम जिल्लामा ३० जना महिला मतदान अधिकृत सहित २८७ जना मतदान अधिकृत निर्वाचनमा खटिएका छन् । 

    इलाममा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि ५४ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

    इलाममा कुल २ लाख २४ हजार ८ सय ७७ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ पुरुष र २ जना तेस्रो लिङ्गी रहेका छन् । रेडियो नेपाल बाट



    निगरानी संवाददाता    
  • २०७९ मंसिर १, बिहीबार १४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP