खनाललाई गठबन्धनको भर , आफ्नै पार्टीका असन्तुष्ट कार्यकर्ता बस्नेतको चुनौती

खनाललाई गठबन्धनको भर , आफ्नै पार्टीका असन्तुष्ट कार्यकर्ता बस्नेतको चुनौती

इलाम ।
आसन्न मंसिर ४ को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल इतिहास दोहो¥याउने दाउमा छन । खनाल सातौं पटक नेम्बाङ पाँचौं पटकचुनावी प्रतिष्पर्धामा छन । छैटौं पटकसम्म एमालेबाट निर्वाचन लडेका खनाल सातौं पटक अर्थात यस पटक भने नेकपा एकिकृत समाजवादी (एस) बाट चुनावमा मैदानमा छन् ।
२०७४ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचन लडेका खनालले ३६ हजार ८०५ मत प्राप्त गरी नेपाली कांंग्रेसका भुपेन्द्र कट्टेललाई पराजित गरे । यस पटक भने खनालले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका हुन । छैटौं पटकको प्रतिष्पर्धामा खनाल एक पटक नेपाली कांग्रेसका बेनुप प्रसाईसँग पराजित बनेका थिए ।
सत्ता गठबन्धनको साझा उम्मेद्धार बनेका खनालको मुख्य प्रतिस्पर्धी एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत छन । खनाललाई गठबन्धनको साथ भएपनि गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचन पछि कांग्रेस प्रतिको खनालको अभिव्यक्ति , कार्यपालिका र जिल्ला समन्वय समितिमा एमाले सँग गरेको गठबन्धनका कारण कांग्रेसका कतिपय कार्यकर्ता सन्तुष्ट नभएको कारण खनाललाई जीत सहज छैन ।
एमालेको बलियो संगठनको जगमा चुनाव जितेका खनाललाई यसपटक एमालेकै उम्मेदवार महेश बस्नेतको कडा चुनौती छ । खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसकेका छन् ।
गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार २३३ मत पाउँदा कांग्रेसले २५ हजार ७०० मत पाएको थियो । एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले ९ हजार ४८१, जनता समाजवादी पार्टीले १ हजार ८२९, नेकपा माओवादी केन्द्रले १ हजार २३५ र राप्रपाले १ हजार १६९ मत पाएको छ ।
२०५४ र २०७४ मा इलाम नगरपालिकाको मेयर बनेका महेश बस्नेत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको प्रतिस्पर्धीका रूपमा छन्, आफ्नै पार्टीका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल छन ।
बस्नेतलाई भने आफ्नो पार्टीको मत जोगाउँदै अन्य दलको मत पनि आकर्षित गर्नुपर्ने चुनौती छ । १७ भदौ २०१७ मा इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका) मा जन्मिएका बस्नेत २०३० को दशकबाट राजनीतिमा सक्रिय भए । २०३६ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका उनले इलाममा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको नगर सदस्यबाट राजनीति अघि बढाए ।
राजनीतिमा उनको सक्रियता देखेपछि उनलाई एमालेले २०४७ देखि २०५२ सम्म पार्टीको नगर कमिटी सदस्य बनायो । उनी २०५२ देखि २०५४ सालसम्म नगर कमिटीको सचिव बने । इतिहासमा स्नातकोत्तर बस्नेत २०५४ साल अघिसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थे । राजनीति र अध्यापनका कारण उनी शान्तिपुर छाडेर इलाम बसाइँ सरे । प्राध्यापन छाडेपछि २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी एमालेबाट इलाम नगरपालिकाको मेयरमा निर्वाचित भए ।

गत निर्वाचनमा खनाल यही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको बलमा २६ हजार ८०५ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका भूपेन्द्र कट्टेल १८ हजार ६३८ मत ल्याएर पराजित भएका थिए । यही क्षेत्रबाट २०४८, २०५१, २०६४, २०७० र २०७४ मा निर्वाचित भएका खनालको किल्ला भत्काउनु बस्नेतका लागि चुनौती हो । तर बस्नेत भोट अस्थिर भएकाले गठबन्धनकै भोटबाट चुनाव जित्ने बताउँछन् । गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त गरेको मत हेर्दा एमालेले २६ हजार २३३ मत पाएको छ । कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४८१, जनता समाजवादी पार्टीले १ हजार ८२९, नेकपा माओवादी केन्द्रले १ हजार २३५, राप्रपाले १ हजार १६९ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीको कमजोर संगठन बस्नेतको अनुकूलता हो । एमालेको बलियो संगठन र सत्तारुढ गठबन्धनको मत तानेर जित निकाल्ने रणनीतिमा बस्नेत देखिन्छन् । उम्मेद्धारको टिकट नपाएका कारण क्षेत्र नम्बर १ एमाले कार्यकर्ता भित्रको असन्तुष्टी बस्नेतको लागि चुनौती नै रहेको छ ।