logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • इलाम प्रतिनिधि सभा १ मा बस्नेतको अग्रता

    इलाम प्रतिनिधि सभा १ मा बस्नेतको अग्रता


    इलाम , मंसिर ५
    इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा २ हजार ६ सय २ मत गणना हुदा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल प्रारम्भिक गत गणनामा पछि पर्नु भएको छ  । नेकपा एमालेका महेस बस्नेतले १ हजार २ सय ५८ मत प्राप्त गर्नु भएको छ भने  खनालले १ हजार ४१ मत प्राप्त गर्नु भएको हो । जनता समाजवादी पार्टी नेपालका कमलकुमार राईले २० मत प्राप्त गर्नु भएको छ । ८७ मत बदर भएको छ । नेपाली कांग्रेस (वीपी) का गणेशप्रसाद पौडेलले ८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले २, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटाले ३५, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बूले ४, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले १ सय ९६, स्वतन्त्र उम्मेदवार नीमातेन्जिङ शेर्पाले १५ र विक्रम पाण्डेले २३ मत प्राप्त गरेका छन् ।



    निगरानी संवाददाता    
  • २०७९ मंसिर ५, सोमबार १३:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP