logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

    पूर्वगृहमन्त्री  बालकृष्ण खाँण पक्राउ

    काठमाडौँ , बैशाख २७ । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ पर्नुभएकाे छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाँणलाई प्रहरीले बुधवार बिहान निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । 

    थप सोधपुछ र प्रमाण जुटाउन अनुसन्धानलाई प्रभावकारी बनाउन उहाँलाई पक्राउ गरिएको कडायतले जानकारी दिनुभयो । 

    उहाँसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ पर्नुभएकाे छ ।

    यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० बैशाख २७, बुधबार ०५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP