logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको’ अवसरमा इलाममा सम्मान र अन्तरक्रिया

    ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन  राष्ट्रिय दिवसको’ अवसरमा इलाममा सम्मान र अन्तरक्रिया


    इलाम जेठ २१ :
    १७ औ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आइतबार इलाममा विभिन्न कार्यक्रम गरिएको छ । इलाम नगरपालिका नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा भएको सम्मान कार्यक्रममा छुवाछुत मुक्त समाज स्थापना र दलित समुदायको समुन्नतिको लागि महत्वपुर्ण योगदान गर्ने इलामका ४ जना व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा राम दियाली , रत्न बहादुर रसाईली , नर बहादुर रसाईली र ठहरमान शिवालाई सम्मान गरिएको नगर स्तरीय दलित समन्वय समितिकी कोषाध्यक्ष इन्दिरा तिखत्रीले बताउनु भएको छ ।


    इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यता र नगर स्तरीय दलित समन्वय समितिका अध्यक्ष श्री बहादुर शिवाको अध्यक्षतामा भएको कार्यक्रममा मन कुमार बराईलीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

    मानवअधिकार मञ्च इलामको सहआयोजनामा भएको कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी दहाल लगायत इलाम नगरपालिका जनप्रतिनिधिहरु , प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल , राजनितिक दलका प्रतिनिधी , विभिन्न संघ संस्थाका प्रतिनिी , दलित अधिकारकर्मीको सहभागीतामा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको जनाइएको छ । दिवसको अवसरामा साँझ इलाम चोक बजारमा दीप प्रज्वलन कार्यक्रमा आयोजना गरिएको छ ।


    २०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । यसैको सम्झनामा २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मानाइने गरिन्छ । नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० जेष्ठ २१, आईतवार १६:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP