इलाम साउन १४ :इलाममा संचालनमा रहेका मेडिकल र डेन्टललाई जिल्ला प्रशासन कार्यलयले दुई–दुई लाख रुपियाँ जरिवाना गराएको छ । अस्पतालको लागि आएको औषधी ‘ फर हस्पिटल सप्लाई वन्ली ’ लेखिएको र मुल्य उल्लेख नभएको औषधी इलाम सदरमुकाममा रहेको दुर्गा मेडिकल र माइपोखरी डेन्टलमा भेटिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले बताउनुभयो । उपभोक्ता हित संरक्षण ऐन २०७५ अन्र्तगत कार्वही गरिएको उहाँले बताउनु भयो । ऐनमा उपभोक्ताले प्रयोग गर्ने वस्तुको मुल्य देखिनु पर्ने , मुल्य नभएको पयोग गर्न पाईदैन भन्ने कानुनी व्यवस्था छ । थप अनुसन्धान तथा कारबाही स्वास्थ्य विभागले गर्ने उहाँले बताउनु भयो । सहायक प्रजिअ कोइरालाको नेतृत्वमा गत साउन ८ गते अनुगमनका क्रममा त्यस्ता औषधि भेटिएको थियो । अनुगमनमा दुर्गा मेडिकलमा आधा लिटरका चार बोतल र माइपोखरीमा पाँच बोतल औषधि फेला परेको थियो । अनुगमन गर्ने क्रममा थोरै भेटिएको भए पनि अरु पनि हुन सक्ने भएकोले कार्वही गरिएको सहायक प्रजिअ कोइरालाको भनाई छ ।
प्रतिक्रिया