सूर्योदय :गत बर्ष इलामका ५७० जनाको मोती बिन्दुको अप्रेसन गर्न प¥यो । नेपाल नेत्र ज्योती संघ इलाम र विराटनगर आँखा अस्पतालले जिल्लाका विभिन्न स्थानमा पुगेर गरेको परिक्षणमा देखिएको तथ्याङ्कले इलाममा आँखा रोगीको संख्या तिव्र रुपमा बढ्दै गएको देखाउँछ ।
१५ हजार ४५१ जनामा गरेको परिक्षणमा अस्पतालन नै पु¥याएर अप्रेसन गर्नेको सख्या गत बर्षको भन्दा पनि बढि देखिएपछि संघ चिन्तीत बनेको संघका इलाम सचिव प्रकाश भट्टराई बताउँछन् । उनी भन्छन् ‘आँखा संरक्षणमा नागरिकमा चासो नदेखिनु चुनौतीको विषय हो ।’
संघर र विराटनगर आँखा आँस्पतालले गत बर्ष इलामका विभिन्न ठाउमा चलाएको सिविरमा तीन हजार ९३१ जनालाई चस्मा वितरण गरीएको थियो भने छ हजार ८७१ ज्नामा औषधी प्रयोग गर्दै निको हुने आँखाको समस्या देखिएको आँखा तथा कान उपचार केन्द्र फिक्कलका प्रमुख पुष्कर झाले जानकारी दिए ।
गत बर्ष १ हजार ४५० जनाको आँखा परिक्षण गर्दा १८२ जना मोती बिन्दुका विरामी भेटीएको सूर्योदय नगरपालिकामा यस पटक भने आँखा उपचारबारे सचेतना जगाउने र जटिल विरामीलाई स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यले सूर्योदय नगरपालिकाका सबै वडाका टोलमा पुगेर आँखा–कान परिक्षण अभियान नै सुरु गरेको प्रमुख झाले जानकारी दिए । उनले भने ‘पछिल्ला स्वास्थ्य सिविरहरुमा आँखा र कानका रोगीको संख्या उल्लेख्य रुपमा देखिएपछि टोलमै पुगेर आँखा र कानको परिक्षण शुरु गरिएको हो ।’
नागरिकलाई सर्वसुलभ स्वास्थ्य पहुँचको प्रवन्धका लागि आँखा–कान परिक्षण गाउँ सम्म पु¥याउन सरोकारवालसंगको सहकार्यमा अभियान शुरु गरेको सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले बताए । नगरका १४ वडाका ३४ स्थानमा प्राविधिक टोली पठाएर शुक्रबार देखि आँखा र कान परिक्षण शुरु गरेको सूर्योदय नगरपालिकाका उपप्रमुख बरालले जानकारी दिए ।
नेपाल नेत्रज्योती संघ जिल्ला शाखा इलामको आयोजना, विराटनगर आँखा अस्पताल विराटनगर र सिविएमको प्राविधिक सहयोगमा सूर्योदय नगरपालिकासंगको सहकार्यमा सुनौलो विहानी कार्यक्रम अन्तरगत सूर्योदय नगरपालिकामा आँखा–कान परिक्षण अभियान शुरु गरेको नेपाल नेत्र ज्योती संघ इलामका अध्यक्ष इन्द्र प्रसाद फुयालले जानकारी दिए ।
अभियान अन्तरगत सूर्योदय नगरपालिकाका सवै वडा र विद्यालयमा पुगेर आँखा र कानको परिक्षण गरिने छ । तीन महिना चल्ने अभियानका क्रममा रोग पत्त लागेका आँखा र कानका रोगीहरुको आँखा उपाचार केन्द्र फिक्कलबाट उपचार गर्ने व्यवस्था गरेको संघका सचिव प्रकाश भट्टराईले जानकारी दिए । उनले भने ‘जटिल प्रकृतीका विरामीको उपचारका लागि विराटनगर आँखा उपचार केन्द्रमा लगेर उपचार गरिने छ ।’
प्रतिक्रिया