logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • पहिचान पक्षधरले पराल बोकेको गाडीमा आगो लगाए

    पहिचान पक्षधरले पराल बोकेको गाडीमा आगो लगाए

    फिक्कल : पक्राउ परेका नेता कार्यकर्तालाई रिहाई गर्न मागगर्दै पहिचान पक्षधर भनिने समूहले आव्हान गरेको बन्दको क्रममा गाडी चलाएको भन्दै पशुका लागि पराल ढुवानी गरिरहेको पिकअपमा आगलागी गरेका छन् । बन्दकर्ताले शनिबार साझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका हुन् ।
    झापाबाट पराल लिएर इलामको तारगाउँ आउदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेको स्थानियले जनाएका छन् ।
    बन्दकर्ताले आगो लगाउदा पिकअप जलेर काम नदिने भएको छ । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयले जनाएका छन् । मेची राजमार्गमा बन्दकर्ताले दिन भर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेको हाम्रो पालिका अनलाइनले उल्लेख गरेको छ । आजको बन्दको क्रममा कोशी प्रदेशमा केहिलाई पक्राउ गरेको जनाइएको छ । तस्विर सौजन्य : हाम्रो पालिका ।



    निगरानी    
  • २०८० मंसिर ३०, शनिबार १३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP