logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • गुम्बाको जग्गा अतिक्रमण भएको भन्दै विरोध

    गुम्बाको जग्गा अतिक्रमण भएको भन्दै विरोध

    इलाम । इलामको सूर्योदय नगरपालिका १० को लोपोन्मुख लेप्चा जातिको इतिहास बोकेको फेन्सोङ लाप्चा गुम्बा नजिकबाट सूर्योदय नगरपालिकाले सडक निर्माणको काम शुरु गरेपछि स्थानीय लाप्चा समूदायले विरोध जनाएका छन् ।
    गुम्बा व्यवस्थापन समितिलाई समेत जानकारी नदिई गुम्बाको जग्गामा सडक निर्माण गरेकोले समितिको अगुवाईमा सडक बन्द गरेको गुम्बा संरक्षण समितिका सचिव फिर्वा छिरिङ लाप्चाले बताए । लाप्चा अगुवा प्रेम बहादुर लाप्चाले गुम्बा आसपासमा बनेको संरचनाले दुई सय बर्ष पुरानो गुम्बाको अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे ।
    सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामाले गुम्बा क्षेत्रलाई थप व्यवस्थीत गर्ने उदेश्यले सडक निर्माण गरेको बताए । उनले सडक निर्माण सहित जोखिम पुर्ण क्षेत्रको संरक्षणको समेत योजना रहेको बताए । सडक विस्तारसंगै सो क्षत्र कालोपत्रे गर्ने योजना रहेकाले यसले गुम्बा क्षेत्रमा आगन्तुकको आकर्षण थप वृद्धि हुने बताए । सडक निर्माणको क्रममा गुम्बाको जग्गा अतिक्रमण भएको लाप्चा अगुवाको भनाई छ ।



    Avatar निगरानी    
  • २०८० माघ २९, सोमबार ०९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP