logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • फिक्कलमा हिलिङ स्वास्थ्य उपचार शिविरमा विरामीको भिड

    फिक्कलमा हिलिङ स्वास्थ्य उपचार शिविरमा विरामीको भिड

    सूर्योदयः स्वर्गिक मार्ग संघ हेभेन्ली निर्माणा पाथ नेपाल सूर्योदय नगर इकाई तथा जिल्ला शाखा इलामको समन्वयमा सात दिवसीय निशुल्क आत्मा मन र शरिर हिलिङ स्वास्थ्य उपचार शिविर शुक्रबार इलामको सूर्योदय नगरपालिका १० को फिक्कल माध्यमिक विद्यालयमा शुरु भएको छ ।
    सिविरको पहिलो दिन शुक्रबार तीन सय भन्दा बढिले सेवा लिएका थिए । सिविरमा प्यारलाईसिस, नशा, टाउको दुख्ने, पेटको समस्या भएका लगायतका विरामीले सेवा लिएको आयोजकले जनाएको छ ।
    संघका केन्द्रिय सदश्य जेनिश श्रेष्ठले अस्पताल धाउदाधाउँदै थाकेका विरामीले निशुल्क लाभ पाउन् भन्ने लक्षसहित सिविरको आयोजना गरेको बताए । उनले संघले नेपालका विभिन्न जिल्लामा यस्तो सिविर सञ्चालन गरिरहेको बताए ।
    संघको सूर्योदय इकाई अध्यक्ष नर नारायण प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघका जिल्ला अध्यक्ष देव कुमार जवेगु लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा हिन्दु, बौद्ध, किराँत,मुस्लिम गुरुहरुले पुजापाठ गरेका थिए । सिविर असार २७ गते सम्म् चल्ने आयोजकले जनाएको छ ।



    निगरानी    
  • २०८१ असार २२, शनिबार ०४:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP