logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • थन्कियो माइजोगमाईको एम्बुलेन्स

    थन्कियो माइजोगमाईको एम्बुलेन्स

    माइजोगमाई : इलामको माईजोगमाई गाउँपालिकाको एम्बुलेन्स केही समय देखी झापाको एक ग्यारेजमा थन्किएको छ ।
    गाउँपालिकाले खरिद गरेको १८ महिनामै एम्बुलेन्स ग्यारेजमा थन्कीएको हो । मेची राजमार्गको फिक्कल खण्डबाट १९ किलो मिटर दुरिमा पालिकाको केन्द्र रहेको सो गाउँपालिकामा २३ हजार जनसंख्याका लागि एउटा मात्रै एम्बुलेन्सले सेवा दिदै आएको थियो ।
    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसंकर देवले गाडीको पम्पमा समस्या आएपछि भारतबाट सामान झिकाउँदा मर्मतको काम ढिला भएको बताए । उनले डिजेलबाट चल्ने एम्बुलेन्सको पम्पमा समस्या आएकाले थन्कीएको बताए । उनले चार दिन भित्रमा एम्ुबलेन्स आउने समेत जानकारी दिए ।
    स्रोतका अनुसार झापाको बुट्टाबारी स्थित मामा–भञ्जा ग्यारेजमा थन्कीएको छ । ग्यारेजले १ लाख १२ हजार ७१७ रुपयाँको स्टिमेन्ट बनाएको छ ।
    यस अघि गाउँपालिका अध्यक्ष चड्ने १७६ नम्बरको गाडी ठोकीदा तत्काल निर्माण गरिए पनि नागरिकलाई सेवा दिने एम्बुलेन्स बनाउन पालिकाले चासो नदिएको स्थानीयको गुनासो छ । स्रोतका अनुसार पालिकाको एम्बुलेनसले विरामी बोकेको दुई लाख भन्दा बढि बक्यौता अहिले सम्म उठेको छैन । स्वास्थ्य शाखा प्रमुख देवले भने बाहिर भनिए जस्तो बिरामी बोकेको बक्यौता नरहेको बताए । उनले भने ‘आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई त निशुल्क पनि बोक्नु पर्ने हुन्छ ।’



    निगरानी    
  • २०८१ श्रावण १, मंगलवार ०७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP