logo
  • २०८३ जेष्ठ २८, बिहीबार | Thu, 11 Jun 2026
  • नेशनल लघुवित्तको समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    • निगरानी
    • २०८३ जेष्ठ २८, बिहीबार ०७:४६ गते
    नेशनल लघुवित्तको  समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न

    नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड ,शाखा कार्यालय कोल्बुङ्गले रोङ्गको हर्कटेमा अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    रोङ्ग गाउ पालिका वडा नं- ३ का वडा अध्यक्ष मात्रिका बरालकोको प्रमुख आतिथ्यता र समूह नं ४३ को समूह अध्यक्ष इन्द्र कुमारी आचार्यको सभापतित्वमा संचालित उक्त्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य लक्ष्मण पाण्डे बिशिष्ट अतिथि को रुपमा उपस्थित रहनु भएको थियो भने अतिथिको रुपमा सुर्योदय नगरपालिका वडा नं -६ का वडा सदस्य चन्द्रकला मैनाली ,प्रहरी चौकी हर्कटेका प्रतिनिधि डिल्ली बहादुर दाहालको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले संस्थामा आवद्ध रहेका सदस्यहरुले लिएको कर्जालाइ सानो सानो व्यवसायमा लगानी गरि उधमी बन्नु पर्ने र लिएको कर्जा मिनाहा नहुने भएकोले कसैको हल्ला र अफवाहको पछि नलाग्न जोड दिनु भयो।
    साथै संस्थाले कर्जा लगानी संग संगै सदस्य हरुलाई उधमी बनाउन विभिन्न प्रकारका तालिम हरु पनि संचालन गर्नु पर्ने सुझाव दिनु भएको थियो।

    संस्थाका संस्थापक सदस्य लक्ष्मण पाण्डेले सदस्यले लिएको कर्जा सदुपयोग गरि सफल उधमी बन्ने हरुको सफलता को कथा सुन्दा संस्थाले लिएको लक्ष्य पुरा हुदै गएको र नेशनल लघुवित्त वित्तीय संस्था एक सवल संस्था रहेकोले लघु उधमी ,कृषक,साना व्यापारी लाइ सधै साथ र सहयोग गर्न तत्पर रहेको कुरा प्रष्ट पार्नु भयो ।

    संस्थाका केन्द्रीय कार्यालयका प्रतिनिधि अनुगमन अधिकृत पृथ सिंह खत्रीले सहजीकरण गर्नु भएको उक्त्त समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा संस्थाको देशभर १८५ शाखा कार्यालय मार्फत करिव २ लाख ६६ हजार बढि सदस्य र १ लाख २६ हजार बढि ऋणी सदस्य लाइ लघु उधम ,कृषी ,पशुपालन ,व्यापार व्यबसाय संचालन गर्न रु २८ अर्ब भन्दा बढि कर्जा लगानी गरिएको ,संस्थाले प्रबिधि मैत्री कारोवार ,डिजिटलाइजेसन लाइ जोड दिदै सदस्य मैत्री कार्यक्रम संचालन गरि रहेको ,मोबाइल बैंकिंग,एस एम एस बैंकिंग,ट्याब्लेट बैंकिंग जस्ता सेवाको साथ साथै देशभरका विभिन्न अस्पताल हरु संग समन्वय गरि सदस्य ,सदस्यका घर परिवारका सदस्य,संस्थाका कर्मचारी हरु लाइ औषधि उपचारमा विशेष छुट सुबिधा उपलब्ध गराई रहेको ,संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा ,स्वास्थ्य,वातावरण संरक्षण लगायत सामाजिक कार्यमा समेत सक्रिय रुपले लागि परेको कुरा अनुगमन अधिकृत खत्रीले जानकारी दिनु भयो ।

    शाखा कार्यालय कोल्बुङ्गका शाखा प्रबन्धक टेकनाथ अधिकारिले स्वागत तथा कर्मचारी किशोर भट्टराइले संचालन गरेको उक्त्त कार्यक्रममा करिव ७० जना सेवाग्राही सदस्यको उपस्थिति रहेको थियो भने कार्यक्रम मार्फत सदस्य हरुले संस्थाको विद्यमान नीति नियम ,वित्तीय साक्षरता सम्बन्धि ज्ञान प्राप्त गरेका थिए भने शाखा कार्यालय कोल्बुङ्ग मार्फत संचालित विभिन्न समूह मध्ये उत्कृष्ठ कार्य सम्पादन गरि प्रथम ,दोस्रो तथा तेस्रो हुने समूह र उत्कृष्ठ बचत कर्ता सदस्य र सफल उधमी हरु लाइ प्रमाण पत्र र पुरस्कार समेत प्रदान गरिएको थियो ।



    निगरानी    
  • २०८३ जेष्ठ २८, बिहीबार ०७:४६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP