logo
  • २०८३ भाद्र २८, आईतवार | Sun, 13 Sep 2026
  • महिलाको वित्तीय पहुँचमा राधिकाको अनुभव र योजना

    महिलाको वित्तीय  पहुँचमा राधिकाको अनुभव र योजना


    बिर्तामोड २७ भदौ : नेपालकै उत्कृष्ट नम्बर एक सहकारी संस्थ सहरा नेपाल साकोसको आगामी असोज १० गते हुने निर्वाचनमा कार्यसमितिको महिला सदस्य पदमा शसक्त उम्मेद्वारको रुपमा राधिका चुडाल हुमागाई चुनावी मैदानमा उत्रनु भएको छ ।
    सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको साखलाई जोगाइरख्न क्रियासिल, जुझारु र उद्यमसिलतामा संलग्न उम्मेदवारको आवश्यकता पर्ने भएको हुँदा आफुले उम्मेदवारी दिएको चुडालले बताउनु भयो ।
    महिला शसक्तिकरण, महिलाको बित्तीय क्षेत्रमा सहज पहुँच, महिला उद्यमसिलता, सहकारी मार्फत रोजगारी र स्वरोजगारी तथा सदस्यको बचत र कर्जा प्रवहमा गएको पुँजीको सुरक्षा लगयत बिषय आफ्नो प्राथमिकतामा रहेको राधिकाको भनाइ छ ।
    बिर्तमोड उद्योग बाणिज्य संघको कार्यसमिति सदस्री, सह-कोषाध्यक्ष र हाल महिला उद्यमी समूको अध्यक्षको रुपमा बित्तीय क्षेत्रमा कृयासिल सदस्य उम्मेदवार चुडालले राधाकृष्ण गिफ्ट हाउस आफैं संचालन गरेर महिला आय आर्जनको क्षेत्रमा नेतृत्व गर्दै आउनु भएको छ ।
    बिपन्न महिलालाई रोजगारी र स्वरोजगारी मार्फत आय आर्जनको क्षेत्रमा नजोडेसम्म महिला शसक्तिकरण नारामा मात्र सीमित हुने धरणा राख्नुहुने चुडालले महिलालाई उद्यमी समूह मार्फत विभिन्न सिपमुलक तालिम, ब्यवसाय प्रवर्धन, बिपन्न विद्यार्थी सहयोग कार्यक्रम, सचेतना, सरसफाई र सामाजिक सहकार्यका कामहरु गर्दै आउनु भएको छ ।
    आर्थिक रुपमा महिलालाई आत्मनिर्भर नबनाएसम्म परनिर्भरता नहटने देशमा महिलाहरु पछौटेपनको सिकार भइरहने भएको हुँदा बैंक तथ बित्तीय संस्थाहरुबाट महिलाले संचालन गरेको २० लाख पुँजी सम्मका पेशा-ब्यसाय र लघु उद्यमलाई अवस्था र प्रकृति मुल्यांकन गरी ब्याज रकममा पूर्ण अनुदान र ५० प्रतिशात अनुदानको कार्क्रम ल्याइनुपर्नेमा उहको जोड रहेको छ ।



    निगरानी    
  • २०८३ भाद्र २८, आईतवार १४:४० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP