logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • दरबारमार्गको क्लब भिक्ट्री लाउन्जबारमा आगलागि

    दरबारमार्गको क्लब भिक्ट्री लाउन्जबारमा आगलागि

    काठमाडौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।

    विद्युत् सर्ट भई साँझ करीब ६ः१५ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति ८ः३० बजे निभाउन सफल भएका थिए । आगो निभाउन काठमाडौँ उपत्यकाका ११ दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

    आगलागी भएको भवनको छैटौँ तल्लामा उक्त लाउन्जबार सञ्चालनमा थियो । लाउन्जमा आगोको ज्वाला उठेपछि दरबारमार्ग क्षेत्रमा सन्त्रास छाएको थियो ।

    अग्नि नियन्त्रण र सुरक्षाकर्मीको प्रभावकारी प्रयासले आगो फैलिन नपाएका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको वरिष्ठ उपरीक्षक सुवेदीले बताए। आगो निभाउन पानी ओसार्न उपत्यकाका ठूलो स¬ङ्ख्यामा खानेपानीका टयाङ्करको प्रयोग गरिएको थियो ।

    आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकसमेत घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।



    निगरानी    
  • २०७६ आश्विन २७, सोमबार ००:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP