logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • सिन्धुपाल्चोक बस दुर्घटनाः ७ महिनाकी गर्भवती सुनिता बस दुर्घटनामा परेपछि पेटभित्रको मृ,त शिशु निकालेपछि बच्यो ज्यान

    सिन्धुपाल्चोक बस दुर्घटनाः ७ महिनाकी गर्भवती सुनिता बस दुर्घटनामा परेपछि पेटभित्रको मृ,त शिशु निकालेपछि बच्यो ज्यान

    सिन्धुपाल्चोक/ अप्रेसन गरी पेटबाट मृ त शिशु निकालेर बडहरे बस दुर्घटनाकी गम्भीर घाइते एक गर्भवती महिलाको ज्यान बचाइएको छ। इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन्। उनको पेटमा सात महिना पूरा भएको गर्भ थियो।

    काभ्रेको धुलिखेल अस्पतालले पेटमै निधन भएको शिशु अप्रेसन गरी निकालेर सुनिताको ज्या न बचाएको हो। दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको थियो। अस्पतालमा पुग्दा चिकित्सकले गर्भको शिशुको ज्या न गइसकेको घोषणा गरेका थिए। औषधी सेवनले समेत मृ त शिशु घाइते आमाको कोखबाट प्राकृतिक तवरले बाहिर निस्कन नसक्ने बताउँदै चिकित्सकले अप्रेसन गर्न सुझाएको उनका काका अमर तामाङले बताए।

    ‘शिशु त बितिसक्यो। आमालाई बचाउन तत्काल अप्रेसन गर्नुपर्छ,’ चिकित्सकको भनाइ उदृत गर्दै तामाङले भने, ‘अप्रेसनबाट बच्चा निकाल्दैमा आमालाई बचाउन सकिन्छ भन्ने छैन्। तै पनि प्रयास गर्छौँ।’ परिवारले स्वीकृति जनाएपछि चिकित्सक टोलीले जोखिम मोलेको उनले जानकारी दिए। अप्रेसनपछि दुई घण्टा बेहोस भइ होसमा आएकी सुनिताको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र अवस्था खतरामूक्त रहेको चिकित्सकले बताएका छन्।

    ‘उनी (सुनिता) प्रहरीको गम्भीर घाइतेको सूचीमा छिन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले भने। इन्द्रावती–९ भोटसिपाकी उनी दसैं मनाएर राजधानी फर्कँदै गर्दा दुर्घटनामा परेकी थिइन्। उनको टाउको र पेटमा चोट लागेको थियो। टाउकोको चोटले उनको आँखामा असर पु¥याएकाले अर्को अप्रेसनका लागि चिकित्सकले सुझाएको सुनिताका काका तामाङले बताए। अस्पतालले मृ त शिशुको शनिबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको थियो। बडहरे बस दुर्घटनामा चालकसहित ११ को ज्या न गएको थियो भने एक सय ६ यात्रु घाइते भएका थिए। यसैबीच दुर्घटनामा आफन्त गुमाएका पीडित परिवारलाई बाह्रविसे नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन् ।

    दुर्घटनामा निधन भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

    यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा निधन भएका व्यक्तिका परिवारलाई रू पाँच । पाँच लाख दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले श व जिम्मा लिएका छन् ।

    काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत रू पाँच÷पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास÷पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृ तकका आफन्तबीच सहमति भएपछि आफन्तले श व बुझेका थिए ।

    किरिया खर्चबापतको पचास÷पचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ । सो घटनामा परि सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको निधन भएको थियो ।

    उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको उक्त गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।



    निगरानी    
  • २०७६ आश्विन २७, सोमबार ११:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP