logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान र प्रविधिको प्रयोगमा जोड

    • निगरानी
    • २०७६ कार्तिक ४, सोमबार ०९:१५ गते
    राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान र प्रविधिको प्रयोगमा जोड

    काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्। विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन्।

    श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक रुपमा विकासको फड्को मार्न नसकेको भन्दै उनले आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नुपर्ने बताए।उनले प्रविधिको प्रयोग गर्न नसकेकाले विकासमा नेपाल पछि परेको उल्लेख गर्दै उनले नेपाल र नेपालीको जीवनस्तर उठाई सम्मृद्ध नेपाल निर्माणका लागि प्राप्त ज्ञानलाई नेपालमा नै प्रयोग गर्न युवा बैज्ञानिकहरुलाई आग्रह गरे।

    उपराष्ट्रपति पुनले ३ दिन सम्म चल्ने सम्मेलनले दिने निचोड मुलुकका लागि ठूलो उपलब्धि हुने विश्वास आफुले लिएको बताए।
    कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालयतहमा नै प्राविधिक शिक्षा उपलब्ध गराउने गरी विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राखेको बताए।

    नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना भएको सम्मेलन सम्मेलन ३ दिन सम्म चल्ने छ। स्वदेशमा कार्यरत र विदेशमा बसेका नेपाली बैज्ञानिकहरुको सहभागीता रहेको छ।



    निगरानी    
  • २०७६ कार्तिक ४, सोमबार ०९:१५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP