logo
  • २०८३ जेष्ठ १६, शनिबार | Sat, 30 May 2026
  • यी ५ जनासँग भेटिएको एउटा मात्र पैसाको नोटको मूल्य पौने १३ करोड !

    • निगरानी
    • २०७६ कार्तिक ४, सोमबार ११:१६ गते
    यी ५ जनासँग भेटिएको एउटा मात्र पैसाको नोटको मूल्य पौने १३ करोड !

    बुटवल। रुपन्देहीको सैनामैना सोरौलीबाट १० लाख युरोको एउटा नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नोट सक्कली हो या नक्कली भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    नोटबारे यकिन जानकारीका लागि उक्त नोटलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त नोट सटही नहुने र मौदि्रक मूल्य नभएको केवल शो केसमा सजाएर राख्ने प्रयोजनको भएको बुझिएको छ ।

    नोट सटही भएको खण्डमा १२ करोड ८० लाख नेपाली रुपैयाँ हुन आउँछ । पक्राउ पर्नेमा सैनामैना २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङका गणेश सुनार रहेका छन् । उनीहरुबाट ६ थान मोबाइल पनि बरामद भएको छ ।



    निगरानी    
  • २०७६ कार्तिक ४, सोमबार ११:१६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP