logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • दिपावली गर्न बालेको दियोबाट आगाे सल्किदा पथरी-शनिश्चरेमा बालकको मृत्यु

    दिपावली गर्न बालेको दियोबाट आगाे सल्किदा पथरी-शनिश्चरेमा बालकको मृत्यु

    मोरङ / मोरङको पथरी-शनिश्चरेमा आगलागी हुँदा जलेर बालकको मृत्यु भएकाे छ। मोरङको पथरी-शनिश्चरे नगरपालिका-५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको हाे ।

    गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घर भित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    आगलागीबाट गिरीको एक तले घर सहित ३/ ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु. ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।पूर्वेली न्युज



    निगरानी    
  • २०७६ कार्तिक ११, सोमबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP