logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • गो ब्याक ईण्डिया भन्दै बेल्जियममा भारतीय दुतावास अगाडि नेपाली प्रदर्शन

    गो ब्याक ईण्डिया भन्दै बेल्जियममा भारतीय दुतावास अगाडि नेपाली प्रदर्शन

    • दिल निशानी मगर लेखबाट साभार
    • स्रोतः नागरिक खबर

    बेल्जियम । बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए ।

    भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछ यहाँ रहेका नेपालीहरुले भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेका हुन् ।

    लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि भएकाले भारतले तत्काल नक्सा नसच्चाए नेपाल सरकारले कडा कदम चाल्नुपर्ने उनीहरुले बताएका छन्। साथै उनीहरुले आफूहरु विश्वको जुनसुकै कुनामा रहेपनि भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएका छन् ।

    विरोध प्रदर्शनपछि आयोजित कोणमा सभामा बोल्दै नेकपाका नेता जित लामाले भारतीय थिचोमिचोको विरोधमा आफूहरु मात्र हैन सम्पूर्ण बेल्जियममा रहेका नेपालीहरुले कुनै दल, संघसंस्था, समुदाय नभनी केवल नेपालीको रुपमा प्रतिबादमा उभिएका बताए ।

    दुई घण्टासम्म चलेको बिरोध प्रदर्शनमा करिब दुई सय नेपालीहरुको उपस्थिति थियो ।



    निगरानी    
  • २०७६ मंसिर २, सोमबार १७:३३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP