जोरकलशबाट शुरु भयो भ्रमण बर्ष

जोरकलशबाट शुरु भयो भ्रमण बर्ष
उद्घाटनमा सहिदको सम्झना

इलाम/नेपाल भ्रमण बर्ष २०२० को आज मेची राजमार्गको जोरकलशमा उद्घाटन गरिएको छ ।
जिल्ला स्तरीय पर्यटन प्रवर्धन समिति, रोङ गाउँपालिका र मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन बिकास समिति इलामको संयुक्त आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद धिरेन्द्र शर्माले इलामको समृद्धिको लागि पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । अर्का प्रदेश सांसद काजीमान कागतेले स्थानीयको आर्थिक उर्पाजनको मुख्य स्रोत नै पर्यटक भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले इलाम आउने पर्यटकको बसाई लम्ब्याउने योजना बनाउन तहहरुलाई सुझाव दिए ।
कार्यक्रममा सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेवी भट्टराई , रोङ गाउँपालिका अध्यक्ष शमसेर राई , राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसकी बिष्णु दाहाल लगायतले शुभकामना दिदै तीनै तहका सरकारले समन्वय गरी भ्रमण बर्ष सफल पार्न लाग्नु पर्ने बताए । कार्यक्रममा लाप्चा, राई, तामाङ, सुनुवार,ब्रम्हण समुदायको पहिचान भलल्कने नृत्य र झाँकी प्रर्दशन गरिएको थियो ।

झापा–इलाम सिमावर्ती जोरकलश
सनईको सान
लाप्चाको लच्काई
सँगिनीको सुर
साकेलाको सौख
सुनुवारको साथ