वतावरण दिवसमा इलाममा वृक्षारोपण

वतावरण दिवसमा इलाममा वृक्षारोपण

जेठ २३ इलाम
विश्व वातावरण दिवसको अवसरमा इलाम नगरपालिकामा वृक्षारोपन गरिएको छ । नेपाल भारत मैत्री शीतभण्डार परिसरमा फुलको विरुवा रोपिएको हरित शान्ति अभियानकी संयोजक रिना घिमिरेले बताउनु भयो । नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा फुलको विरुवा उत्पादान सुरु गर्न लागिएको नयाँ नर्सरीको समेत उद्धघाटन गरिएको घिमिरेले बताउनु भयो ।
इलाम नगरपालिका , हरित शान्ति अभियान इलाम र हरित गृह कृषि तथा पशुपालन समुहको सहकार्यमा वृक्षारोपण गरिएको जनाइएको छ । १९७३ देखि जुन ५ तारिकलाई विश्व वातावरण दिवसको रुपमा मनाइदै आएको छ ।