इलामको सूर्योदयमा २ जनामा कोरोना संक्रमण

Share This
  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
इलामको सूर्योदयमा २ जनामा कोरोना संक्रमण

इलाम , असार १७

 इलाममा कोरोना संक्रमितको संख्या १० पुगेको छ । बुधबार सुर्योदय नगरपालिका ७ मा रहेको कृष्णआश्रम माद्यामिक बिद्यालयको होल्डिङ क्वारेटिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको कोभिड १९ फोकल पर्सन बिपुल अधिकारीले बताउनु भयो ।कुबेत बाट नेपाल आएका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि इलाममा संक्रमितको संख्या १० पुगेको हो । असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब असार १२ गते संकलन गरेर परिक्षणमा पठाइएको । उनिहरुलाइ कोभिड अस्पताल बिराटनगर पठाएको छ । स्वास्थ अवस्था सामान्य रहेको जनाइएको छ ।

यस अघि सुर्योदय नगरपालिकाका ७ जना र माइ नगरपालिकाका १ जनामा कोरोना संक्रमण भएको थियोे ।