‘बाटो’ छोडेर ‘माटो’मा लगानी गर्दै स्थानीय सरकार

‘बाटो’ छोडेर ‘माटो’मा लगानी गर्दै स्थानीय सरकार

इलामः अघिल्लो बर्ष सडकलाई प्राथमिकतामा राखेको इलाम नगरपालिकाले यस बर्ष कृषि र स्वाथ्यमा बढि बजेट विनियोजन ग¥यो । कोभिड १९को क्षतिपुर्तीका लागि स्वरोजगारी र खाद्यान्न संकट समाधानका लागि जिल्लाका दशबटै तहले कृषिलाई प्राथमिकतामा राखेका हुन् ।
सडक, खानेपानी र पूर्वाधारमा मोह राख्ने तहले यसपटक भने कृषिलाई स्थान दिएकोमा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष विष्णु दुलाल निक्कै उत्साहित छन् । तर, कार्यान्वायनमा आउने अपारदर्शीताले भने वास्तविक किसानको हातमा सरकारका योजना नपुग्ने हुनकी भन्नेमा उतीकै संका रहेको उनी बताउँछन् ।
उनले भने ‘वर्गिकरण सहितको किसान परिचय पत्र वितरण गरौ भनेर सबै स्थानीय तहलाई एक बर्ष देखि आग्रह गरिरहेका छौ तर स्थानीय सरकार नागरिकको कुरै सुन्न चाहदैन ।’ यसले गर्दापनि प्राथमिकता फेरीएपनि प्रवृती नफेरीए सम्म किसानको हितमा काम नहुने दुलालको निष्कर्ष छ ।
कोभिड १९ को प्रभावसंगै दुग्ध व्यवसाय, कृषि उपज लगायतका क्षेत्रको कारोबार निक्कै प्रभावित भएको छ । दुलाल भन्छन् ‘यस्ता विषयमा स्थानीय सरकार समेत अलमलमा देखिएको छ ।’
यद्यपी नगरपालिकाले यस बर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको इलाम नगरपालिकाका मेयर महेस बस्नेत बताउँछन् ।
एक अरब १९ करोड ५० लाखको बजेट पारित गरेको सूर्योदय नगरपालिकाले आगामी बर्ष कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषक परिचय पत्र देखि बाली विमा सम्मलाई नीति तथा कार्यक्रममा समेटेको नगरपालिकाले कोरोना भाइरस ( कोभिड(१९ ) को कारणले सम्पूर्ण क्षेत्रहरू आर्थिक रूपले आक्रत भएको बेला ल्याएको बजेटले गा्रमिण अर्थतन्त्रलाई बचाउने लक्ष राखेको छ ।
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई भन्छन् ‘बजेटले विशेष गरी कृषि,शिक्षा , स्वास्थ्य, पूर्वाधार लगायत सवै क्षेत्रलाई समेटेको छ।’ नगरले एक बडा एक चिया प्रशोधन कारखाना बनाउन कृषक समूह र सहकारी संस्थालाई व्याज अनुदान र ऋणको व्यवस्था गरेको छ । विदेश वा स्वदेशमा विभिन्न कारणले मृत्यु भएका कारण समस्यामा परेका महिलाहरू, एकल महिला, परिवारको कुनै सदस्यको दृर्घ रोगको कारण आर्थिक समस्यामा परेको परिवार, उन्नत गाई पाल्ने चाहना भएका तर आर्थिक कारण अप्ठारोमा परेका युवाहरूलाई एक लाख सम्मको उन्नत गाई ८० प्रतिशत अनुदानमा उपलव्द गराउने गत बर्षको कार्यक्रमलाई समेत निरन्तरता दिएको छ ।
नगरले .च्याप कटर मोटर सहित, गोठ सुधार, भकारी सुधार , बाख्र पकेटको निम्ति बजेट विनियोजन गरेको छ । .चिया परीक्षण र प्रवद्धन केन्द्र,कफी खेती प्रबद्धन कार्यक्रम,माटो परीक्षण अभियान, अर्गानिक कार्यक्रम अभियान लगायतलाई पनि गरले प्राथमिकतामा राखेकार मेयर राईले बताए ।
देउमाई नगरपालिकाले पनि कृषिलाई विशेष प्राथमिकतामा राखेको मेयर सुर्य पोख्रेलले बताए । उनले भने ‘कृषिको व्यवसायीतामा हाम्रो प्रयास जारी छ ।’ उनका अनुसार अहिलेको बजेट पनि त्यसैमा केन्द्रित छ ।
माइजोगमाई गाउँपालिकाले पनि कृषि, सडक र पुर्वाधारलाई उच्च प्राथमिकतामा राखेको उपाध्यक्ष सावित्रा भट्टराईले जानकारी दिइन् । गाउँपालिकाले ४५ करोड ५० लाख ५० हजार ३ सयको बजेट पारित गरेको छ । गाउँ पालिकाले व्यवसायीक कृषि र अनुदानलाई प्राथमिकता दिएको छ । सन्दकपुर गाउँपालिकाले पनि कृषक परिचय पत्र सहितका कार्यक्रमहरु अघि सारेको छ ।
चुरे क्षेत्रमा पर्ने चुलाचुली गाउँपालिकाको प्राथमिकतामा पनि कृषि क्षेत्र नै छ । चुलाचुली गाउँपालिमा बसोबास गर्नेको मुख्य पेशा कृषि रहेकाले कृषिमा आधुनकीकरण गर्ने योजनामा गाउँपालिका रहेको प्रमुख प्रसाशकिय अधिकृत काजिमान राइले बताए । चुलाचुली गाएपालिकामा मकै, धान, तरकारी खेतीको प्रसस्त सम्भावना रहेको उनको भनाई छ ।
माई नगरपालिका,माङसेबुङ्ग गाँउपालिका, फाकफोकथुम गाँउपालिका,रोङ्ग गाउपालिकालेपनि कृषि क्षेत्रलाई नै जोड दिएका छन् ।
अघिल्ला आर्थिक वर्षमा सडक र पूर्वाधारका योजनालाई प्राथमिकता दिएका स्थानीय तहले आगामि आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र श्रममा आधारीत रोजगारलाई प्राथमितामा राखेका हुन् । वैदेशीक रोजगारबाट फर्केनेको संख्या अधिक हुने भएकाले उनीहरुलाई रोजगारी डो¥याउन सक्ने योजनाप्रति स्थानीय तहको प्राथमिकता रहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको भनाई छ । चार नगरपालिका र ६ गाउपालिका गरि दश स्थानीय तह रहेको इलाममा सबै पालिकाहरुले आर्थिक वर्ष २०७७÷०७८ को बजेट निर्माण कार्यलाई पुर्णता दिएका छन् । स्थानीय तहले खाध्यान्न बाली र नगदेवाली उत्पादनमा वृद्धि गर्न किसान लक्षित योजना बजेटमा समेटेका छन् ।