कन्ट्रयाक ट्रेसिङमा परेका सन्दकपुरका चारजनामा कोरोना संक्रमण

Share This
  •  
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares
कन्ट्रयाक ट्रेसिङमा परेका सन्दकपुरका चारजनामा कोरोना संक्रमण

इलाम साउन २९

इलाममा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्दकपुर गाउँपालिका ५० जनाको स्वाब संकलन गरिएकोमा चारजनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलयका कोभिड १९ फोकल पर्सन बिमल बरालले बताउनु भयो । पञ्चकन्या माई हाइड्रोपावर  मर्मत गर्न काठमाण्डौबाट आएर फर्किएका कर्मचारीमा  कोरोना पोजेटिभ देखिएपछि  समुदायमा कोरोना परिक्षण गरिएको थियो । संक्रमित एकजना वडा सदस्य सहित हाइड्रोमा काम गर्ने कर्मचारी रहेका छन । समुदायमा संक्रमण फैलन नदिन सन्दकपुरमा गएको साउन २२ गते देखि सिल गरिएको छ । गइलाम नगरपालिकाको समुदायमा गरिएको १ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आज इलाम नगरपालिकाको क्वारेन्टिनमा रहेका ६३ जनाको स्वाब संकलन गरिएको बरालले बताउनु भयो । इलाममा संक्रमितको संख्या ८१ पुगेको छ भने ५४ जना निको भएर फर्किएका छन ।