रेफर गएिका बिरामीको मृत्यु भएपछि उपचारमा संलग्नलाई क्वारेन्टाइनमा

इलाम , भाद्र १४
ज्वारो र स्वासप्रस्वासमा समस्या आएपछि इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारका लागि आएका एक युवकको े रेफर गरी झापा लैजादै गर्दा निधन भएपछि सेन्टरमा उच्च सर्तकता अप्नाइएको छ । सन्दकपुर गाउँपालिकाका १ का १७ वर्षिय युवकमा कोरोना संक्रमणको जस्तै लक्षण देखिएपछि सेन्टरका ३ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको अस्पतालका प्रवन्ध निर्देकश प्रकाश चापागाईले बताउुभयो । आइतबार विहान उपचारको लागि सेन्टरमा आएका युवकलाई उपचार सम्भव नभएपछि रेफर गरिएको थियो । झापा लैजादै गर्र्दा ती युवको बाटैमा मृत्यु भएको थियो । शरीरमा अक्सिजनको मात्रा कम देखिएका उनलाई भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले रेफर गरिएको डाक्टर विवेक अधिकारीले बताउनु भयो । कोरोना संक्रमण पुष्टि नभएकोले आत्तिनु पर्ने अवस्था नभएको भन्दै उच्च सर्तकता अप्नाइएको डाक्टर अधिकारीले बताउनु भयो ।
इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभु शाहाले भने शवको पिसिआर परिक्षण गर्नु नपर्ने प्रतिक्रिया दिनु भएको छ । शंका मात्रै भएको तर पुष्टि नभएकोले , सम्पर्कममा आएकालाई अरुलाई शंका लाग्यो भने पिसिआर परिक्षण गर्न सकिने बताउनु भयो । मरेको मान्छेबाट कहिपनि संक्रमण नफैलिएको भन्दै शाहले शंका लाग्यो भने स्कृनिङ्ग गर्दै परिक्षण गर्न सकिन्छने बताउनु भयो । कोरोना पुष्टि नभएकाले उपचार गरेको अस्पतालका कर्मचारीलाई परिक्षण गर्नु उचित हुने शाहले बताउनु भयो । बिरामीको परिवारलाई उनको दाहासंस्कार गर्न र सतर्क रहन आग्रह गरेको डा शाहले बताउनु भयो ।
उपचारमा संलग्न चिकित्सक र कर्मचारीलाई पिसिआर परिक्षणको लागि क्वारेन्टिनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले सेवा नियमित गरेको छ ।