कन्ट्रयाक ट्रेसिङमा परेका एपोलो अस्पतालका स्वास्थ्यकर्मी सहितको रिर्पोट नेगेटिभ

कन्ट्रयाक ट्रेसिङमा परेका एपोलो अस्पतालका स्वास्थ्यकर्मी सहितको रिर्पोट नेगेटिभ


इलाम भाद्र २३

ज्वारो र स्वासप्रस्वासमा समस्या आएपछि गत १४ गते इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारका लागि आएका एक युवकको झापा लैजादै गर्दा निधन भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङमा परेका सबैको सबैको रिर्पोट नेगेटिभ आएको छ । इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालका अनुसार ती युवकको कन्ट्रयाक ट्रेसिङमा परेका एपोलो अस्पस्तालका ४ जना सहित इलाम नगरपालिकामा ३३ जना र सन्दकपुर गाउँपालिकामा २२ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । गत १८ गते गरिएको स्वाब संकलन परीक्षणको लागि कोशी अस्पताल बिराटनगर पठाइएको थियो ।
सन्दकपुर गाउँपालिकाका १ का १७ वर्षिय युवकमा अत्याधिक ज्वारो र स्वासप्रस्वासका समस्या भएपछि एपोलो अस्पतालबाट रेफर गरी झापा लैजादै गर्दा बाटैम निधन भएको थियो । युवकको निधन भएपछि कोरोना संक्रमणको आंशकामा अस्पताल सहित स्थानीयमा त्रास बढेको थियो ।
सेन्टरका प्रवन्ध निर्देकश प्रकाश चापागाईका अनुसार उपचारमा संलग्न चिकित्सक सहित चार जना कर्मचारीलाई पिसिआर परिक्षणको लागि अस्पतालको क्वारेन्टिनमा राखेर सेवा भने नियमित संचालन गरीरहेको थियो ।