logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • फिक्कल र मंगलबारेमा काङ्ग्रेसको प्रर्दशन

    फिक्कल र मंगलबारेमा काङ्ग्रेसको प्रर्दशन

    इलामः इलाम क्षेत्र नम्बर १ को फिक्कल र क्षेत्र नम्बर २ को मंगलबारेमा हजारौंको संख्यामा आएको कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति चर्को नारा लगाए ।
    क्षेत्र नम्बर १ को फिक्कलमा आयोजित बृहत जुलुशपछिको कोणसभामा जिल्ला सभापति हिमालय कर्मचार्य, महाधिवेशन प्रतिनिधि डम्बर खड्का, क्षेत्रीय सभापति दुर्गा बराल, सूर्योदय नगरपालिकाका नगर सभापति मणी गुरुङलगायतले संसद विघटनको विरोध जनाए । उनीहरुले नेकपाको सरकारले भष्ट्राचार मात्र बढाएको आरोप लगाएका थिए ।
    मंगलबारेमा आयोजित बृहत जुलुशपछिको कोणसभामा नेताहरु पूर्व जिल्ला सभापति केशव थापा, महासमिति सदस्य भेषराज आचार्य, पूर्ण प्रसाद गौतम, बिष्णु दाहाल (लिम्बु) जिल्ला सचिव खगेन्द्र देवान, माङसेबुङ्ग गाँउपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो, नगेन्द्र कुमाल, होम दूलाल, महिला संघकी अध्यक्ष निर्मला संजेल, नुतनदेव दूलाललगायतका नेताले आफ्नो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुभाष नेम्बाङ प्रतिगामी बनेको र जनतालाई धोका दिएको बताए ।

    कार्यक्रम क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति गोविन्द गिरिको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालन क्षेत्रिय सचिव वेद प्रसाद घिमिरेले गरेका थिए ।



    निगरानी    
  • २०७७ पुष १३, सोमबार १६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP