इलाम , फागुण ६
निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिताको मस्यौदाबारे जिल्ला–जिल्लामा छलफल भइरहेको छ । निर्वाचन कार्यलय इलामले जिल्ला स्थित सरोकारवाला सँग छलफल गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०७२ लाई प्रतिस्थापन गरी निर्वाचन आचारसंहिता–२०७७ ल्याउन सरोकारवालाको सुझाव लिएको हो । इलाममा रहेका राजनितिक दल , सरकारी कार्यलयका कर्मचारी र संचारकर्मीको सहभागीतामा छलफल गरेर सुझाव संकलन गरेको छ । छलफलमा सहभागीले मस्यौदा राम्रो बनेको तर कार्यन्वयन गर्न चुनौती हुने बताएका छन । यस अघिको निर्वाचनहरुमा पनि आचार संहिता उल्लङगन हुदाँ कारवाही नहुने गरको सहभागीले बताएका छन । आचार संहिता लागु भएपछि कार्यन्वयन गराउन सरोकारवाला जिम्मेवार बन्न सहभागीको सुझाव थियो । छलफलमा नेपाली काङ्गेसका होम दुलाल , पत्रकार महासंघका अध्यक्ष कोकिला ढकाल , पत्रकार विप्लप भट्टराई , प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाइले सुझाब राखेका थिए ।
सरकारले २०७८ वैशाख १७ र २७ गते २ चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरिसकेले निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यलयले छलफललाई बढाएके छ । आगामी निर्वाचनलाई लक्षित गरी आयोगले आचारसंहिता तयार गर्न लागेको हो ।
यसअघिका आचारसंहिताभन्दा फरक व्यवस्थाहरु थ्पेर नयाँ आचारसंहिता तयार गर्न सबै जिल्लाहरुमा छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताउनु भयो ।मस्यौदामा सरोकारवालाका सुझावहरु संकलन गरी आयोगले नयाँ आचारसंहिता तयार गर्ने जनार्ईएको छ । नेपाल सरकार , प्रदेश सरकार , मन्त्री स्थानीय कार्र्यपालिका , संबैधानिक निकाय , सवै तहका कर्मचारी , सरक्षा निकाय , सरकारी तथा अर्धसरकारी संस्था तथा कर्मचारी र आम नागरिकाले पालना गर्नु पर्ने आचार संहिताबारे छलफल भएको छ ।
प्रतिक्रिया