भारतको जेलमा ४० वर्ष विताएका दुर्गाप्रसादले घरको आँगन टेकेपछि

भारतको जेलमा ४० वर्ष विताएका दुर्गाप्रसादले घरको आँगन टेकेपछि


इलाम , चैत ८
भारतमा ४० वर्ष जेलमा विताएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार घर आइपुगेका छन् । तिम्सिना घरमा आए सँगै परिवारमा खुसीयाली आएको छ । माई नगरपालिका १० लुम्बाकस्थित घर आइपुगेपछि ८५ वर्षीया आमा धनमाया सहित परिवारले स्वागत गरेका छन । छोरा आएको खुसीयालीमा धनमायाले मिठाइ खुवाएर स्वागत् गर्नुभयो । लामो समयपछि छोरा आएकोमा आफू खुसी रहेको उहाँको भनाई छ । २० बर्षको उमेरमा घरबाट वेपत्ता छोरा ४१ बर्ष पछि घर फिर्दैछ भन्ने थाहा पाएपछि विहानै देखि धनमायाले बाटो कुरिरहेको बताउनुभयो । । ‘छोरा आज आउछ भन्ने सुनेर बसेकी भन्दै यो भन्दा खुशी अरु केहि छैन उहाँले भन्नु भयो । तिम्सिना घर आउने खबर पाएपछि गाउँले , आफन्तहरु भेला भएका थिए ।

तिम्सना कोलकाता उच्च अदालतले लारेखमा छोड्न आदेश दिएको थियो । भारतको दार्जिलिङमा रोजगारी गर्न गएको र एउटी महिलाको हत्या अभियोग लागेको थियो । २०३७ साल माघमा २० वर्षिय दिपक तिम्सिना मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी गएका थिए । त्यसपछि घर नफर्केका उनी कहाँ छन परिवार बेखबर थिए । हराएका दुर्गाप्रसादका बारेमा लामो समय परिवारलाई कुनै जानकारी थिएन ।करिब एक दशकअघि भारतबाट दुर्गाप्रसादले घरमा चिठ्ठी लेखेपछि परिवारलाई थाहा भएको थियो