logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • महिला उद्यमी संघ इलामको अध्यक्षमा सापकोटा

    महिला उद्यमी संघ इलामको अध्यक्षमा सापकोटा

    इलाम , चैत १४
    महिला उद्यमी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार इलाममा सम्पन्न भएको छ । शुसिला सापकोटाको अध्यक्षतामा १६ सदस्यीय समिति सर्व सम्मत चयय भएको छ । बरिष्ट उपाध्यक्षमा मिलनकुमारी खत्री , उपाध्यक्षहरु लिला भट्टराई , दिव्या भट्टराई  र रोमी पौडेल चयन भएका छन भने महासचिव उषा निरौला ,  सचिव कमला बास्कोटा र कोषाध्यक्षमा तिर्थ रञ्जितकार चयन भएका छन । सदस्यहरुमा अनीता दहाल , सृजना दहाल विष्ट , पदम कुमारी विक , ममता खनाल , दुर्गा कटुवाल , दिपा गुरुङ्ग , लिला खत्री र समिता लिम्बु चयन भएका छन । अधिवेशनको उद्घाटन इलाम नगरपालिकका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता र संघको अध्यक्ष शुसिला सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । महिलालाई उद्यमशीलता तर्फ लाग्न नगरले जोड दिएको बताउदै नगर प्रमुख बस्नेतले उद्यम गर्न चाहानेको लागि प्रशस्त अवसर रहेको बताउनु भयो । कार्यक्रममा संघको फाकफोकथुम गाउँपालिका संयोजक ममता खनाल , हरितनगर महिला समुहको अध्यक्ष रिना घिमिरे , इलाम उद्योग बाणिज्य सं अन्तर्ग महिला उद्यमी इकाई महासचिव सुनिता कर्माचाय लगायतले मन्तव्य राखेका थिए । संघकी महासचिव उषा निरौलाले वार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संघको उपाध्यक्ष मिलन कुमारी खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो । यसैबीच कार्यक्रममा उद्यमी देविका लिम्बु सम्मानित हुुनु भएको छ । लामो समय ढाका उद्योग संचालन गरी उद्यममा सफलता प्राप्त गरेको  र धैरैलाई उद्यम तर्फ प्रेरित गरेको भन्दै संघले सम्मान पत्रद्धारा सम्मान गरेको छ । उद्यमशीलतामा महिलाहरुको पहुँच वृद्धि गर्दै लैजान , आर्थिक र सामाजिक रुपमा स्तर उन्नति भएमा राष्ट्रलाई माथि उठाउन सघाउ पु¥याउने  उदेश्यले स्थापित संघमा हाल ३० बढी उद्यमी महिला आबद्ध छन । संघले इलामको दश वटै स्थानीय तहमा संघ विस्तार गर्न पहल गरीरहेको जनाएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ चैत्र १४, शनिबार १७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP